Verified

संविधानसभासको निर्वाचनको लागी गुल्मीमा उच्च सतर्कता

19:20 Nov 16 2013 Tamghas 32600, Nepal

Description
मंसिर ४ मा हुने संविधानसभासको निर्वाचनको लागी गुल्मीमा उच्च सतर्कता अपनाईएको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले गरेको विरोधका वावजुद हुन लागेको चुनावको लागी सुरक्षा व्यवस्था मजवुत वनाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार प्रत्येक मतदान केन्द्रको विश्लेषण गरी वनाईएको सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था लागु गरिएको सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले वताउनुभयो । उहाँले यसपटकको निर्वाचनमा सुरक्षा संवेदनशीलता हेरेर एउटा मतदान केन्द्रमा ६ देखि १२ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचनमा ५ सय म्यादी प्रहरी, ६ सय नेपाल प्रहरी, ४५ जना सशस्त्र प्रहरी र ५ सय नेपाली सेना गरी कुल १ हजार ६ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले चुनाव भयरहित वातावरणमा सम्पन्न हुने वताउँदै चुनाव विरोधी गतिविधि गर्ने जो कोही कडा कारवाही गर्ने वताउनुभयो । उहाँले नेकपा–माओवादी मात्रै नभएर चुनावको विरोधी गतिविधि गर्ने जो कसैलाई तत्कालै कारवाही गरिने चेतावनी दिनुभयो ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
13 + 3 =