Verified

भोलिबाट मौन अवधि सुरु हुने दलहरु विहानैदेखि प्रचारप्रसारमा

09:18 Nov 16 2013 Gulmi, Nepal

Description
संगिता कुवँर गुल्मी
चुनाव प्रचारप्रसारको अन्तिम दिन आज विहानैदेखि उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । भोली विहान सात वजेपछि मौन अवधि सुरु हुने भएकाले समयको सदुपयोग गर्दै दलहरु विहानैदेखि प्रचारप्रसारमा गरेका छन् ।
नेकपा एमाले, एमाओवादी, नेपाली कांग्रेस, राप्रपा, राप्रपा नेपाल, जनमोर्चा लगायतका दलका उमेद्वारहरु आज आमसभा तथा घरदैलो गरेका छन् । गुल्मीमा नेकपा एमाले क्षेत्र नम्वर १ की उमेद्वार मैना भण्डारी, क्षेत्र नम्वर २ का प्रदीप ज्ञवाली तथा क्षेत्र नम्वर ३ का गोकर्ण विष्टल शनिवार विहानैदेखि विभिन्न स्थानका मतदातालाई भेट्दै घरदैलो गरेको नेकपा एमाले चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
यस्तै एमाओवादी क्षेत्र नम्वर १ का सुदर्शन वराल, क्षेत्र नम्वर २ का अशोक थापा र क्षेत्र नम्वर ३ का उमेद्वार वामदेव क्षेत्री पनि विहानैदेखि चुनाव प्रचारप्रसार गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्वर २ का उमेद्वार चन्द्र भण्डारीले सदरमुकाम तम्घासमा घरदैलो गर्नुभयो । भने क्षेत्र नम्वर १ का उमेद्वार कृष्ण छन्तेल तथा क्षेत्र नम्वर ३ का उमेद्वार त्रैलोक्यप्रताप सेन पनि दिनभर चुनावी प्रचारमै व्यस्त रहनुभएको थियो ।
अरु साना दलको गाउँस्तरसम्म संगठन मजवुत नभएपनि आफ्नो पक्षमा मत तान्ने कसरत गरिरहेका छन् । गुल्मीवाट यो चुनावमा ३५ जना उमेद्वार चुनावी मैदानमा छन् । चुनाव हुनुभन्दा अघिल्लो ४८ घण्टालाई मौन अवधि भनिन्छ । यो अवधिमा कुनै प्रचारप्रसार गर्न पाईँदैन् । प्रचारप्रसार गरेमा कारवाही हुने निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वतानुभयो ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
16 + 9 =