Verified

पर्सामा प्रत्यक्षतर्फ १० हजार मत बदर

16:00 Nov 25 2013 Parsa 45800, Nepal

Description
जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा संविधान सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ कूल २ लाख ३९२ मत परेकोमा १०,६१५ मत बदर भएको छ । क्षेत्र नम्बर १ मा २८७५, क्षेत्र नम्बर २ मा १९५१, क्षेत्र नम्बर ३ मा २२४१, क्षेत्र नम्बर ४ मा १५७०, क्षेत्र नम्बर ५ मा १९७८ मत बदर भएको छ । यसैगरी समानुपातिकतर्फ कूल २ लाख ५ हजार ८९३ मत खसेकोमा ६,६१४ मत बदर भएको छ । क्षेत्र नम्बर १ मा १५६७, क्षेत्र नम्बर २ मा १२५८, क्षेत्र नम्बर ३ मा १४२०, क्षेत्र नम्बर ४ मा ११५० र क्षेत्र नम्बर ५ मा १२१९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या यसपटक पनि उल्लेखनीय रुपमा भेटिएको हो ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
13 + 1 =