Verified

पर्सामा ९४ प्रतिशत उम्मेदवारको जमानत जफ्त

09:25 Nov 25 2013 Parsa 45800, Nepal

Description
पर्सा जिल्लाको पाँच वटा र्विाचन क्षेत्रबाट दोश्रो संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएमध्ये झण्डै चौरानब्बे प्रतिशत उम्मेदवारको जमानत जफ्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल २ सय १० जनाले उम्मेदवारी दिएकोमा १ सय ९३ जनाको जमानत जफत भएको छ ।जमानत जफत हुनेमा पर्सा क्षे त्रनम्बर १ की करिमा बेगम,मधेशी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव शशीकपुर मियाँ, मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ता, सद्भावना पार्टीका नेजामुद्दिन समानी, पूर्व मन्त्री मोहनलाल चौधरी, संघीय सद्भावना पार्टीका सहमहासचिव शिव पटेल, एमाले क्षेत्रिय अध्यक्ष नवराज शर्मा, फोरम लोकतान्त्रिकका कन्द्रिय सदस्य वीरेन्द्र लाल नेपालीलगायतका उम्मेदवार रहेका छन् ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
18 + 8 =