Description
निर्वाचन परिणाम आफ्नो विरुद्धमा देखिएपछि निर्वाचनको स्वच्छता र वैधतामाथि प्रश्नचिन्ह खडा गर्दै मतगणना प्रक्रिया स्थगन गरी पुनरावलोकन गर्न एमाओवादीले माग गरिरहेका बेला निर्वाचन आयोगले ठाडै अस्विकार गरेको छ ।
कुनै पनि कुराको पुनरावलोकन गर्ने भनेको अवलोकन नभएको विषयमा मात्रै गर्ने हा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने,आयोगले सञ्चालन गरेको निर्वाचनमा अनावश्यक प्रश्न उठाई पुनरावलोकनको माग गर्नेहरुले बरु आफ्नै मेमोरी र आन्तरिक व्यवस्थापन गर्न अनुरोध गर्दछु।’
राजनीतिक दलसँगको सल्लाह र सहमतीमा निर्मीत ऐन कानुन र निर्वाचन नियमावली अनुसार चुनाव सम्पन्न गरेको दाबी गर्दै यदि कसैलाई मतगणना प्रक्रिया चित्त नबुझेको भए कानुनले व्यवस्था गरे अनुसार निर्वाचन अदालतमा जान र कानुनी उपचार खोज्न चुनौती दिए।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment