Unverified

काँग्रेस, एमालेलगायतका दलहरुबाट मतगणना बहिष्कार

18:47 Nov 24 2013 Saptari, Nepal

Description
मतपेटिकामा खसेको मत र निक्लेको मत नमिले पुनः मतदान गर्नुपर्ने माग गर्दै सप्तरी क्षेत्र नं २ का मुख्य दलका उम्मेदवारहरुले मतगणना बहिस्कार गरेका छन्।
नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा, राष्ट्रिय मधेस समाजवादी पार्टी, दलित जनजाति पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय शिवसेना पार्टी र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिस्कार गरेका हुन्।
गएराति ९ बजेदेखि मतगणना कार्य सुरु गरिएपछि उहाँहरुले खसेको मत र मतपेटिकाबाट निक्लेको मत नमिले मतगणना स्थगित गरी पुनः मतदान गर् मतदान गर्नुपर्ने माग राखेका थिए।

निर्वाचन आयोगको निर्देशन र निर्देशिकाबमोजिम मतपेटिकामा खसेको मतलाई नै यकिन गरी मतगणना गर्ने भन्दै निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले मतपेटिका खोली मत गन्न सुरु गरेपछि काँग्रेस, एमाले, राप्रपासहितका उम्मेदवारले नाराबाजी गर्दै होहल्ला गरेका थिए।

मतगणनास्थलमै होहल्ला भएपछि निर्वाचन अधिकृत अधिकारीको निर्देशनमा काँग्रेसका उम्मेदवार वीरवल विराजी, एमालेका उम्मेदवार शैलेन्द्रचन्द्र झा, राप्रपाका उम्मेदवार सकिल अलि मियाँलगायत अन्य दल र स्वतन्त्र उम्मेदवारहरुलाई प्रहरीले धकेल्दै मतगणना स्थलबाट बाहिर निकालेका छन्।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
15 + 6 =