Description
संविधानसभा निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ५ का नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले दुई वटा गाविसको ६ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै ती मतदान केन्द्रको पुनः निर्वाचन गराउन माग गरेका छन्।
श्रेष्ठले आज दिउँसो सिरहाको चन्द्रलालपुर ७ चोहर्वास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी क्षेत्र नं ५ को कल्याणपुर कालावञ्जर गाविसको प्रावि कल्याणपुर मरेवाको मतदान केन्द्र र बडहरामाल गाविसको निमावि भुल्के मतदान केन्द्र 'क' र 'ख' मा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका हुन्।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment