Description
सुरेश बिडारी, मंसिर ४ गते, वीरगञ्ज
%%%रौतहटमा एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ । पटिहायी गाविसमा भएको झडपमा परी दुईजना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय देवेन्द्र मण्डल र विभु दर्जी रहेका छन् । दुवैजनालाई उपचारका लागि सदरमुकाम गौरमा रहेको जिल्ला अस्पतालमा लगिएको छ । दुवै पार्टीका कार्यकर्ताहरुले वुथ कब्जा गर्न खोज्दा झडप भएको वुथको सुरक्षामा खटिएका प्रहरी निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाईफायर गरेको उहाँले बताउनुभयो । झडप अझै जारी रहेको प्रहरीले जनाएको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment