Description
पर्सा जिल्लाका सबै मतदान केन्द्रमा आज पनि बिहानै देखि मतदाता परिचयपत्र वितरणको काम भैरहेको छ । अस्ति शुक्रबार देखि नै सुरु गर्ने भनिएको भएपनि पर्सामा ढिलागरी वितरण सुरु भएको हो । मतदान केन्द्रहरुमा मतदाताहरुको घुईंचो लागेको छ । आज वितरण गर्न नभ्याएका ठाँउमा भोलि पनि परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख मधुकर पोख्रेलले जानकारी दिनु भयो । मतदाता परिचयपत्र नपाएका व्यक्तिले पनि नागरिकता, राहदानी र सवारी चालक अनुमतिपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था भएपनि जानकारी मानिसहरु मदाता परिचय पत्रका लागि हतारिएका छन् । जिल्लाका अधिकाँस निर्वाचन केन्द्रमा निर्वाचन सामग्री पनि पुगिसकेको छ । निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, मसी लगायत आवश्यक पर्ने सबै सामग्री हरेक केन्द्रसम्म पुगिसकेको अधिकृत पोख्रेलले बताउनुभयो । प्रशासनले मतदानस्थल, त्यस आसपासका क्षेत्र र गाँउमा सुरक्षा प्रबन्ध गरेको छ । आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले निर्धक्कसंग मतदान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सबै मतदातालाई आग्रह गरेको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment