Description
मसिंर २, वीरगञ्ज, पर्सामा ‘आचार संहिताको व्यापक उलङघन’
भएको समाचार आज वीरगञ्जबाट प्रकासित प्रतिक दैनिकले शिर्ष स्थानमा छापेको
छ । प्रतिक दैनिकले आचार संहिता उलङघन भएको भएपनि सम्बन्धित निकाय मौन
बसेकोले उम्मेदवारहरु उत्साहित भएको तर उजुरुी कर्ताहरु निरुत्साहित भएको
बताएको छ । निर्वाचन आचार संहिताले मतदान केन्द्र र सो को दुईसय मिटर
वरीपरी, दल र उम्मेदवारको निर्वाचन चिन्ह अङिकत पर्चा, झण्डा, पम्पलेट,
पोष्टर, स्टिकर, व्यानर प्रयोग गनए निषेध गरेको भएपनि सबै मतदान
केन्द्रहरुमा उम्मेदवारहरले बाक्लो मात्रामा पोष्टर पम्पलेट स्टिर टाँसेका छन् ।
निर्वाचन आचार संहितामा निषेध गरिएको प्लाष्टिकको प्रयोग भएको, रङ्गिन
प्रचार सामाग्रीको प्रयोग, तोकिएको आकारभन्दा बठूलो पोष्टर झण्डाको
प्रयोग, बालबालिकाहरुको प्रयोग, ताकिएको भन्दा बढी सवारी साधनको प्रयोग,
¥याली, कोण सभा आयोजना गर्दा प्रशासनसँग पूर्व स्वीकृति नलिएको जस्ता
क्रियाकलाप भएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजीमयले
दलहरुले आचार संहिता उलङ्घन गरेको कुरा स्वीकार गर्नुभएको छ । भने जिल्ला
निर्वाचन कार्यालय पर्सामार्फत आचार संहिताको उलङ्घनको अनुगमनको जिम्मा
पाउनुभइएका अनुगमन अधिकृत शुकदेव लम्सालले भने अचार संहिता उलङ्घन नभएको
दावी गर्नुभएको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment