About US

तन्नेरी चासो नेपालका विभिन्न जिल्लाहरुमा रहेको सक्रिय युवाहरुको साझा सञ्जाल हो जसले समाजको हरेक क्रियाकलापमा चासो राख्ने गर्दछ । हामी यसमा न्यु मिडिया मार्फत स्थानिय स्तरदेखि राष्ट्रिय स्तरका सकारत्मक र नकारात्मक पक्षहरुको विश्लेषण गर्दै त्यस्ता खवरहरुलाई युवाको माझमा लगि समाधानको प्रयास गर्छौ । यो तन्नेरि चासो सन् २०११ बाट समाजमा सामाजिक उत्तरदायित्वका लागि युवाहरुको भुमिका हुन्छ भन्ने अभिप्रायले सुरुवात गरिएको हो ।

 देशमा हुन गइरहेको आसन्न संविधानसभाको निर्वाचनमा युवाहरुको पनि भूमिका हुनुपर्छ भनेर हामी तन्नेरी चासोका युवाहरु मिलेर “स्वच्छ निर्वाचन योग्य प्रतिनिधित्व” भन्ने एउटा अभियान सुरु गरेका हौँ । स्वच्छ निर्वाचन योग्य प्रतिनिधीत्व युवा अभियान अन्तर्गत १६ जना युवाहरुको समुहले कार्तिक ९ देखी १४ गतेसम्म दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, तनँहु, नवलपरासी, मकवानपुर, पर्सा, बारालगायतका जिल्लाको भ्रमण गरी चुनावी वातावरण र घटनाक्रमको पर्यवेक्षण गर्नुका साथै हामीले हाम्रो तर्फबाट आम नागरिकलाई विशेषगरि त्यहांको युवाहरुलाई योग्य प्रतिनिधि छानेर आफ्नो मताधिकारको सदुपयोग गर्न र आफ्ना क्षत्रका उम्मेदवारहरुलाई लिखित प्रतिबद्दता गराउन अनुरोध गरेका थियौं । संविधानसभाको दोस्रो निर्वाचन नजिकिंदै गर्दा देशको निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने पक्ष, निर्वाचन आयोग ,राजनैतिक दल, उम्मेदवारहरु बारे मतदाताहरुबाट जानकारी लिने ,राजनैतिक दल, उम्मेदवारलाइ जनताप्रति उतरदायी बनाउन विगतको संविधानसभा असफल हुनुका कारणहरु, संविधानसभाका सदस्यहरूले गरेका नराम्रा क्रियाकलापहरुबारे मतदाताहरुलाई जानकारी दिंदै खबरदारी गर्न र यस निर्वाचनमा उम्मेदवारी दिएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई भेटि जनताको पक्षबाट उम्मेदवारको प्रतिबद्धतापत्र २०७० दिने र यसको प्रयोगको बारेमा जानकारी दिएका थियौं ।

संविधानसभा निर्वाचन २०७० लाई स्वच्छ निष्पक्ष, र भयरहित बनाउन निर्वाचन प्रक्रियामा संलग्न निकायहरूलाई नागरिकका तर्फबाट हामी पर्यवेक्षण गर्दैछौं । मुख्यतया २०७० मंसिर २, ३, ४ र ५ गते भित्र भएका गतिविधि, घटना तथा प्रक्रियासँग सम्बन्धित सूचना यदी तपाईसंग छ भने यहाँ पोस्ट गरेर तन्नेरी चासोहरुलाई साथ दिन सक्नुहुन्छ ।